logo

२०८३ असोज ८ बिहिबार

गृहमन्त्रीलाई ओलीको प्रश्नः सुशासन रोक्न कुन विरोधी लाग्यो ?

गृहमन्त्रीलाई ओलीको प्रश्नः सुशासन रोक्न कुन विरोधी लाग्यो ?


हाम्रो राष्ट्र
  • मंगलबार, १६ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार देश र संविधान विरोधी काममा लागेको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले सरकार राष्ट्रिय स्वाभिमान र जनहित विपरित काममा लागेको आरोप लगाएका हुन् ।

    अहिलेसम्म प्राप्त गरेका राजनीतिक उपलब्धिहरु समाप्त पार्न र विकास निर्माणलाई अवरुद्ध पार्न सरकार लागेको भन्दै अध्यक्ष ओलीले सरकारले विदेश सम्बन्ध खल्बल्याउन लागेको आरोप लगाए ।

    उनले सरकारका कामबाट गठबन्धन गैरजिम्मेवार भएको स्पष्ट देखिएको बताए । अध्यक्ष ओलीले सुन तस्करी प्रकरणको छानबिन गर्न सरकार डराएको आरोप लगाए । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले हेटौँडा पुगेर सुशासन कायम गर्न खोजेको तर प्रतिपक्षले नदिएको भनी गलत आरोप लगाएको भन्दै आपत्ति जनाए।

    उनले भने, ‘सुशासन रोक्न कुन विरोधी लाग्यो ? साढे नौ किलो सुन भेपमा पक्राउ पर्छ, सरकार ढाकछोप गर्छ । सय किलो सुनमा पक्राउ गर्छ तर छानबिन गर्न लडाइँ गर्नपर्छ। छानबिन गर्दा के बिग्रन्छ ? किन डराउनु भएको छानबिनबाट ?’

    उनले सरकार सुशासन कायम गर्न नलागेको भन्दै बताए । उनले सरकारविरुद्ध बोलेका कारण सुनिल शर्मा र अमरेशकुमार सिंहमाथि सरकारले सत्ताको दुरुपयोग गरेको आरोप लगाए ।

    अध्यक्ष ओलीले नेपालगञ्जमा खुँडा प्रहार गरेर हत्या गरेको आरोप लागेका अभियुक्त योगराज ढकाललाई माफी दिएको कुरा पनि गलत भएको बताए। राष्ट्रपति रामचन्द्र पौडेलले हत्याका अभियुक्तलाई माफी दिँदा नेपालगञ्ज नै आतंकित भएको भनाइ उनको थियो ।

    अध्यक्ष ओलीले पर्साकी मुस्कान खातुनलाई एसिड हान्ने घटनाका दोषीलाई पनि सरकारले माफी दिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘मेरै सरकारको पालामा एसिडासम्बन्धी कडा कानुन बनाएको थियो। तर अहिले एसिड पीडित मुस्कान खातुन उपचारमा रहेकै बेला अपराधीलाई माफी दिइएको छ । अहिले मुस्कान पेटको मासु काटेर घाउको उपचार गर्दैछिन् । यता सरकार अपराधीलाई आधा सजाय नहुँदै माफी दिन्छ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend