logo

२०८३ साउन १४ बिहिबार

बझाङ केन्द्रविन्दु भएर भूकम्प

बझाङ केन्द्रविन्दु भएर भूकम्प


हाम्रो राष्ट्र
  • मंगलबार, १६ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर मंगलबार दिउँसो दुई पटक शक्तिशाली भूकम्प गएको छ । बझाङको तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

    त्यसपछि ३ बजेर ६ मिनेटमा बझाङकै चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो भूकम्पको धक्काको भने काठमाडौंसम्म महसुस गरिएको थियो ।

    भूकम्पको महसुस सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ । क्षतिबारे भने कुनै विवरणहरू प्राप्त भएको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend