logo

२०८३ साउन १५ शुक्रबार

बझाङमा भूकम्पपछि कतै पहिरो, कतै घरहरुमा क्षति

बझाङमा भूकम्पपछि कतै पहिरो, कतै घरहरुमा क्षति


हाम्रो राष्ट्र
  • मंगलबार, १६ असोज २०८०
  • 1.3K
    SHARES

    सुदूरपश्चिम । सुदूरपश्चिममा मंगलबार दिउँसो दुई पटक गएको भूकम्पबाट बझाङमा क्षति भएको छ । जिल्लाको तलकोट र चैनपुर आसपास क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर तथा विद्यालयमा क्षति पुगेको हो ।

    भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकामा सरकारी कार्यालय, विद्यालय र घरहरु भत्किएका छन्। यस्तै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्द भएको बताइएको छ । यस्तै अहिलेसम्म आंशिक क्षति भएपनि मानवीय क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ र दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प गएको हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend