काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई मर्यादित तवरले प्रयोग गर्न अपील गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालमा आधारित कुरा, जातीय भेदभाव दुरुत्साहन, शान्ति सुरक्षा भंग हुने खालको सामग्री प्रकाशन नगर्न आग्रह गरेको हो ।
बैठकले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्याउने, जातीय भेदभाव, छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारणजस्ता कार्य नगर्न नगराउन अपील गरेको छ ।
बैठकपछि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउन आग्रह गरिन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend