logo

२०८३ साउन १४ बिहिबार

फेवातालमा हावाहुरीले डुङ्गा पल्टिँदा एक जनाको मृत्यु

फेवातालमा हावाहुरीले डुङ्गा पल्टिँदा एक जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, २० फाल्गुन २०७९
  • 1.1K
    SHARES

    पोखरा । शनिबार अपरान्ह हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा एकजना मृत्यु भएको छ । पोखरा १ बगरकी ७० वर्षीय याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    शनिबार अपरान्ह ४ बजेको समयमा चलेको हावाहुरीले तालमा डुंगा पल्टिए पछि उनको शसस्त्र प्रहरीका टोलीले उद्धार गरेको थियो ।

    घाइतेको उद्धार पश्चात गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए ।

    अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल शसस्त्र प्रहरीले उद्धार गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend