logo

२०८३ साउन १३ बुधबार

ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने खबर कपोलकल्पितः नेता शर्मा

ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने खबर कपोलकल्पितः नेता शर्मा


हाम्रो राष्ट्र
  • बुधबार, १७ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । पूर्वशिक्षामन्त्री दिनानाथ शर्माले वैदिक कालदेखि प्रचलनमा रहेका ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने बताएका छन् ।

    विज्ञप्ति जारी गरी शर्माले शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन् । आफू शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारवाजीप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले आफ्नो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय नभएको स्पष्ट पारेका छन् ।

    सङ्घीयता विरोधी केही अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृतिजस्ता जनताका अत्यन्तै संवेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।

    उनले सामाजिक सद्भाव विथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend