logo

२०८३ असोज ७ बुधबार

अमेरिकी सभामुख म्याकार्थी पदमुक्त

अमेरिकी सभामुख म्याकार्थी पदमुक्त


हाम्रो राष्ट्र
  • बुधबार, १७ असोज २०८०
  • 1.3K
    SHARES

    अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख पदबाट केभिन म्याकार्थीलाई हटाइएको छ । सदनमा भएको मतदानमा उनको विपक्षमा २ सय १६ र समर्थनमा २ सय १० मत परेको थियो ।

    त्यसपछि सभामुख पद रिक्त भएको घोषणा गरिएको थियो । उनलाई पदबाट हटाउने पक्षमा मतदान गर्ने २१६ सांसदमध्ये आठ रिपब्लिकन सांसद छन् । उनको समर्थनमा मतदान गर्ने २१० सांसदहरू सबै रिपब्लिकन पार्टीका हुन् ।

    यसलाई फ्लोरिडा रिपब्लिकन सांसद म्याट गेट्जको जितका रूपमा हेरिएको छ । पदबाट हटाइएपछि पत्रकार सम्मेलनमा म्याकार्थीले भने, ‘व्यक्तिगत ध्यानाकर्षणका लागि यो गरिएको हो, यसले राजनीतिक मुद्दासँग सरोकार राख्दैन भन्ने तपाई सबैलाई थाहा छ ।’

    सरकार खर्च गर्ने बाटो बन्द भएर छटपटिएको बेला सभामुखले विधेयक पारित गराएपछि रिपब्लिकन पार्टीका सदस्यहरू पनि उनीसँग रिसाएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend