logo

२०८३ साउन १४ बिहिबार

सजाय माफीको विरोधमा भारतीले सुरु गरिन् माइतीघर मण्डलामा अनसन

सजाय माफीको विरोधमा भारतीले सुरु गरिन् माइतीघर मण्डलामा अनसन


हाम्रो राष्ट्र
  • बुधबार, १७ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । श्रीमानका हत्याराको बाँकी कैद मिनाहा गरेको विरोधमा बाँकेकी भारती मानन्धरले काठमाडौंको माइतीघरमा अनशन सुरु गरेकी छन् । सजाय माफीको विरोधमा भारतीले बुधबारदेखि माइतीघरमण्डलामा अनसन सुरु गरेकी हुन् ।

    सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल (रिगल)लाई बाँकी सजाय मिनाहा गरेका थिए । त्यसको विरोधमा रिगलले हत्या गरेका चेतनकी श्रीमती भारतीले अनशन सुरु गरेकी हुन् ।

    चेतनलाई नेपालगञ्जको व्यस्त बजारमा दिउँसै खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले रिगलविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । उनी करिब ५ वर्ष जेल बसेर माफी पाई थुनामुक्त भएका छन् । सरकारको निर्णयविरुद्ध भारतीले सर्वोच्च अदालतमा रिटा दायरसमेत गरेकी छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend