logo

२०८३ साउन १३ बुधबार

इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, १७ असोज २०८०
  • 1.3K
    SHARES

    Firefighters and rescue personnel work near a coach after it crashed off an overpass in Mestre, Italy, October 3, 2023. REUTERS/Manuel Silvestri

    इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन् ।  अग्निशमनकर्ता र उद्धार दलले बसबाट शव निकालेका र आगो निभाएका थिए ।

    भेनिसका एक अधिकारीका अनुसार युक्रेनीसहित विदेशी पर्यटक बोकेको बस मार्घेरा समुदाय रहेको स्थलतिर जाँदै गर्दा मेस्त्रे शहरको सडकमा दुर्घटना भएको थियो ।

    भेनिसका अग्निनियन्त्रक टोली कमाण्डर माउरो लुओन्गोका अनुसार बसमा सवार यात्रुहरू आगोमा फँसेका थिए । दृश्य अति नै दर्दनाक थियो, बसबाट शव निकाल्न करिब एक घण्टा लागेको थियो ।

    भेनिसको पुरानो तथा ऐतिहासिक शहरबाट नौ किलोमिटर उत्तर पश्चिममा भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको भेनिस शहरका अधिकारी रेनाटो बोरासोले जानकारी दिए । उनका अनुसार घाइतेलाई उपचारका लागि जिल्लाका विभिन्न पाँच अस्पतालमा पुर्याइएको छ ।

    स्थानीय सञ्चारमाध्यामका अनुसार बस मेस्त्रेको रेल्वे ट्र्याक नजिकै दुर्घटनामा पर्दा केही तल खसी आगलागीसमेत भएको थियो ।

    ‘यो अत्यन्त दुःखदायी हो, तर यो कसरी भयो भन्नेबारे थाहा पाउन कठिन छ’, भेनेटो क्षेत्रका गभर्नर लुका जाइयाले भने, ‘नयाँ र विद्युतीय बस तथा समस्यारहित सडक हुँदाहुँदै पनि भएको दुर्घटनाले त्रासदी फैलिएको छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend