logo

२०८३ साउन १३ बुधबार

नेप्सेमा ९ अंकको बृद्धि

नेप्सेमा ९ अंकको बृद्धि


हाम्रो राष्ट्र
  • बुधबार, १७ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । बुधबार शेयर बजार नेप्से सामान्य बढेको छ । बुधबार नेप्से ९ दशमलव २४ विन्दुले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ । बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ ।

    सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै समता घरेलु लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले ओरालो लागेको छ ।

    ४३ लाख २३ हजार कित्ता शेयर एक अर्ब १८ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend