logo

२०८३ साउन १४ बिहिबार

कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री पाण्डे

कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री पाण्डे


हाम्रो राष्ट्र
  • बुधबार, १७ असोज २०८०
  • 1.2K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साउन २८ गतेको बाढीले क्षतिग्रस्त बनेको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४, कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिएका छन् ।

    बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उनले सङ्घीय सरकार, स्थानीय तह र दातृ निकायसँग सहकार्य गरेर बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरिने बताए ।

    ‘स्रोतसाधनले भ्याएसम्म प्रदेश सरकारले कागबेनीको पुनर्निर्माणमा सहयोग गर्छ, दातृ निकायबाट पनि सहयोग जुटाउन पहल भइरहेको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘तीनै तहका सरकारको सामूहिक प्रयासबाट मात्रै कागबेनी क्षेत्रको पुनर्निर्माण छिटो र सहज हुन्छ ।’

    उनले बाढीले क्षतिग्रस्त बनाएका भौतिक संरचना, गुम्बा, धर्मशालालगायतको अवलोकन गरेका थिए । मुख्यमन्त्री पाण्डेले मुस्ताङ, मनाङलगायत हिमाली क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजना र बजेट वृद्धि गरेको उल्लेख गरे ।

    मुख्यमन्त्री पाण्डेसहित प्रदेशसभा सदस्य योगेश गौचन, विकल शेरचन, नाम्डु गुरुङ, बिमला गौचन, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष ढा कृष्णचन्द्र देवकोटालगायतको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend