logo

२०८३ असोज ७ बुधबार

‘क्वान्टम डट’ को खोजी गर्ने तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

‘क्वान्टम डट’ को खोजी गर्ने तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार


हाम्रो राष्ट्र
  • बुधबार, १७ असोज २०८०
  • 1.3K
    SHARES

    फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् ।

    क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

    पदार्थको व्यासमा रहेका केही परमाणुका इलेक्ट्रोनको आवागमनमा बाधा उत्पन्न गर्ने अत्यन्त साना कणहरूमा उनीहरूको कामका लागि सम्मानित गरिएको पुरस्कार प्रदान गर्ने रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ ।

    क्वान्टम डट्सको खोज र संश्लेषणका लागि तीनै जना वैज्ञानिकलाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend