logo

२०८३ साउन १३ बुधबार

नियन्त्रण एकाइमा समस्या आएका कारण रुसको चन्द्र मिसन विफल

नियन्त्रण एकाइमा समस्या आएका कारण रुसको चन्द्र मिसन विफल


हाम्रो राष्ट्र
  • बुधबार, १७ असोज २०८०
  • 1.4K
    SHARES

    रूसले गत अगष्टमा चन्द्रमामा रहेको आफ्नो ल्यान्डर ‘अनबोर्ड कन्ट्रोल युनिट’ को खराबीका कारण उक्त यान चन्द्रमामा खसेको बताएको छ ।

    मङ्गलबार स्टेट स्पेस कर्पोरेसन रोस्कोस्मोसले नियन्त्रण एकाईले प्रोपल्सन प्रणाली (कुनै वस्तुको अनुवादात्मक गतिलाई परिमार्जन गर्न धक्का दिने वा तान्ने शक्ति) बन्द गर्न असफल भएको बताएको छ । यो यान गत अगस्टमा चन्द्रमामा खसेर विस्फोट भएको थियो ।

    रोस्कोस्मोसका प्रमुख युरी बोरिसोभले एक अनुसन्धान आयोगले आफ्नो काम पूरा गरेको र सरकारलाई प्रतिवेदन दिन तयारी गरिरहेको बताए ।

    “लुना–२६ र लुना–२७ मिसनलाई जतिसक्दो छिटो आवश्यक पर्ने परिणाम प्राप्त गर्नका लागि अगाडि बढ्ने सम्भावनाबारे पनि विचार गरिरहेका छौं,” उनले भने ।

    उनले चन्द्रमा अन्वेषण कार्यक्रमलाई अघि बढाउने दृढता व्यक्त गरे । गत अगष्टमा रूसको लुना–२५ यान अनियोजित कक्षमा प्रवेश गरेपछि चन्द्रमामा खसेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend