काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली पर्यटकलाई दिइँदै आएको ‘अन अराइभल भिसा’ सुविधा पुनः प्रदान गर्न इन्डोनेसिया सरकारलाई अनुरोध गरेको छ ।
नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्तान्तोसँग बुधबार भएको भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका बेला स्थगन गरिएको अन अराइभल भिसा अब पुनः जारी गर्ने व्यवस्थाका निम्ति अनुरोध गरेको महासङ्घले विज्ञप्तिमार्फत बताएको छ ।
राजदूत हार्तान्तोले अध्यक्ष ढाकालले गरेको अनुरोधप्रति सकारात्मक जवाफ दिँदै त्यससम्बन्धमा आफ्नो देशको सरकारसँग छलफल गर्ने बताए । नेपालको निर्यात प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । नेपालले गलैँचा, चियालगायत उत्पादन इन्डोनेसिया निर्यात गर्दै आएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend