logo

२०८३ साउन १४ बिहिबार

तीनै तहका सरकारलाई भूकम्प प्रभावित क्षेत्रमा समन्वय गरेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

तीनै तहका सरकारलाई भूकम्प प्रभावित क्षेत्रमा समन्वय गरेर काम गर्न प्रधानमन्त्रीको निर्देशन


हाम्रो राष्ट्र
  • बिहिबार, १८ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । मङ्गलबारको बझाङ भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्दार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयनका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औ बैठकमा छलफल भएको छ ।

    बिहीबार बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

    उनले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिए। त्यस्तै प्रधानमन्त्रीले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्न आग्रह गरेका छन् ।

    प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी भएको प्रधानमन्त्रीको भनाई थियो ।

    बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम अहिले पनि जारी छ । मङ्गलबार दिउँसो २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसछि ४ रेक्टर स्केलमाथिका ११ पटक भूकम्प गइसकेको छ । भूकम्पबाट एकजनाको मृत्यु भएको छ भने सयौं घरमा क्षति पुगेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend