logo

२०८३ साउन १४ बिहिबार

ओलीको अभिव्यक्ति विस्तृत शान्ति सम्झौताको मर्मविपरीत : सांसद सापकोटा

ओलीको अभिव्यक्ति विस्तृत शान्ति सम्झौताको मर्मविपरीत : सांसद सापकोटा


हाम्रो राष्ट्र
  • बिहिबार, १८ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जनप्रतिनिधिको सर्वाेच्च थलो सदनलाई राजनीतिको कुण्ठा अभिव्यक्त गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उनले सदनमा जनजीविकाका सवालभन्दा धेरै राजनीति हुन थालेको भन्दै सदनलाई कानुन बनाउने र जनताको विषयमा बढी बहस गर्ने थलो बनाउनुपर्नेमा जोड दिए । उनले भने, “एकले अर्कालाई शब्दले झटारो हान्ने प्रचलन बढेको छ, यसमा सबै जिम्मेवार भएर सच्चिनुपर्ने आवश्यकता छ ।”

    उनले प्रमुख प्रतिपक्षी दलका नेताले विस्तृत शान्ति सम्झौताको मर्मविपरीत सदनमा भाषण गर्नुभएको टिप्पणी गर्दै राजनीतिक नेतृत्व अनुशासित हुनुपर्ने बताए ।

    उनले बझाङमा गएको भूकम्पमा परी भएको क्षतिप्रति दुःख व्यक्त गर्दै धार्मिक र सामाजिक सद्भाव खलल गर्ने गरी कोही कसैले काम गर्न नहुने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend