logo

२०८३ असोज ८ बिहिबार

क्यानोइङमा नेपाली खेलाडी सेमिफाइनलमा

क्यानोइङमा नेपाली खेलाडी सेमिफाइनलमा


हाम्रो राष्ट्र
  • बिहिबार, १८ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन् ।

    दुई चरणको हिट्समा सहभागी भएका गुरुङ सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ । पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकामा उनी १४औँ स्थानमा रहे ।

    पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए । यसैगरी दोस्रो हिट्समा नेपालका गुरुङसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकामा उनी सातौँ भएर छनोटमा परेका हुन् ।

    दोस्रो हिट्सका खेलमा सबै खेलाडी सेमिफाइनल चरणका निम्ति छनोट भएका छन् । सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । छनोट भएका १६ जनामध्ये १० जनाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend