logo

२०८३ असोज ७ बुधबार

अधिवेशनमा भएको चुनावलाई लिएर विरोधीहरुले एमालेमा भिडन्त भयो भनेर हौवा फैलाएः अध्यक्ष ओली

अधिवेशनमा भएको चुनावलाई लिएर विरोधीहरुले एमालेमा भिडन्त भयो भनेर हौवा फैलाएः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको उद्घाटन गरेका छन् ।
    शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे ।

    “कतिपय विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टिकाटिप्पणी गर्ने गरेको एमालेमा भिडन्त भयो भनेर हौवा फैलाएका छन्,” अध्यक्ष ओलीले भने, “हारजित हुँदा मन दुख्न सक्छ, सहमति गर्नुस् । सहमति नभएमा लोकतान्त्रिक अभ्यास त छँदैछ ।”

    कार्यक्रममा एमालेका महसाचिव शङ्कर पोखरेलले मुलुकमा आफ्नो पार्टीले एकल बहुमत प्राप्त गरेमा मात्रै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताए ।

    एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन भएको हो । उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क) बाट प्रदर्शनीमार्गसम्म पदयात्राको आयोजना गरिएको थियो ।

    तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवि विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेको कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend