logo

२०८३ साउन १४ बिहिबार

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ : अर्थमन्त्री महत

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ : अर्थमन्त्री महत


हाम्रो राष्ट्र
  • शनिबार, २० असोज २०८०
  • 1.3K
    SHARES

    दमौली । अर्थमन्त्री डा प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् ।
    तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा शनिबार आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले यहाँ पूर्वाधार निर्माणमा सरकारको सहयोग हुने बताए ।

    सो अवसरमा अर्थमन्त्री महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन गरेका थिए । पहिरो नियन्त्रणका लागि सरकारले बजेट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री महतसमक्ष आग्रह गरे । देवघाट विश्वभरका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थल बन्दै गइरहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा घोषणा गर्न थापाले महतको ध्यानाकर्षण गराए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend