logo

२०८३ साउन १५ शुक्रबार

जातीय राजनीति गर्ने प्रधानमन्त्रीलाई कांग्रेसले अब बोक्नु हुँदैनः कोइराला

जातीय राजनीति गर्ने प्रधानमन्त्रीलाई कांग्रेसले अब बोक्नु हुँदैनः कोइराला


हाम्रो राष्ट्र
  • शनिबार, २० असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय राजनीति गरेको भन्दै आपत्ति जनाएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले जातीय राजनीति गर्ने प्रधानमन्त्रीलाई अब कांग्रेसले बेहोरिरहनु पर्ने आवश्यकता नभएको बताएका हुन् ।

    उनले जातीय राजनीति गर्ने प्रधानमन्त्रीलाई कांग्रेसले किन बोक्ने भन्दै प्रश्न गरे । कोइरालाले नेपालमा प्रचण्डले चाहेजस्तो जातीय राज्य सम्भव नभएको पनि बताए । कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड अराजक बनेको भन्दै कोइरालाले अब उहाँलाई प्रधानमन्त्री मान्न नसकिने बताए ।

    उनले भने,’गोरखाबाटै निर्वाचित भएका प्रधानमन्त्रीले सडकमा लाखौं मान्छे उतार्छु भनेर धम्की दिइरहेका छन् । उनी देशको प्रधानमन्त्री हुन् कि पार्टीको अध्यक्ष ?’

    कोइरालाले प्रधानमन्त्रीजस्तो पदमा रहेको व्यक्तिले गैरजिम्मेवार तरिकाले बोल्न नमिल्ने बताए । उनको प्रश्न थियो, ‘उनले विराटनगर गएर २०८४ मा माओवादीलाई जिताउनुस्, म जातीय राज्य दिन्छु भने । के प्रधानमन्त्रीले खल्तीबाट जातीय राज्य निकालेर दिने हो ?’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend