logo

२०८३ साउन १३ बुधबार

हमासको रकेट हमलापछि इजराइली सेनाद्वारा युद्धका लागि तयारीको घोषणा

हमासको रकेट हमलापछि इजराइली सेनाद्वारा युद्धका लागि तयारीको घोषणा


हाम्रो राष्ट्र
  • शनिबार, २० असोज २०८०
  • 1.6K
    SHARES

    इजराइलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमासको घुसपैठपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको छ ।

    ‘इजराइललाई आईडीएफले युद्धका लागि तयार मुलुकका रूपमा घोषणा गर्दछ’, इजराइली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘इजराइली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको छ र थुप्रै प्रवेश विन्दुबाट इजराइली भूमिमा आतङ्ककारीहरूले घुसपैठ गरेका छन् ।’

    आईडीएफले मुलुकका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन आवश्यक रहेको बताएको छ ।

    यसैबीच आईडीएफले गाजा पट्टीमा उसले जवाफी हमला गरिरहेको बताएको छ । हमासले गरेको अप्रत्याशित हमालाको झन्डै दुई घन्टापछि आईडीएफले जवाफी हमला गरेको हो ।

    ‘यस आक्रमणको पछाडि हमासको हात रहेको छ र उसले हमलाको परिणाम र जिम्मेबारी बहन गर्नेछ’, आईडीएफले भनेको छ । यसैबीच प्रतिरक्षामन्त्री योआभ गालान्टले हमाले अप्रत्याशित आक्रमण गरेपछि रिजर्भमा रहेका सैनिकहरूलाई बोलाउने कदमलाई अनुमति दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend