logo

२०८३ साउन १४ बिहिबार

टिआरसी विधेयक टुङ्गोमा पुर्याउने विषयमा प्रधानमन्त्री र ओलीबीच छलफल

टिआरसी विधेयक टुङ्गोमा पुर्याउने विषयमा प्रधानमन्त्री र ओलीबीच छलफल


हाम्रो राष्ट्र
  • शनिबार, २० असोज २०८०
  • 1.9K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारमा शनिबार भएको भेटवार्तामा उनीहरुबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्याउने तथा सदनमा दर्ता भएका विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

    बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक, विद्यालय शिक्षा विधेयक, २०८० लगायत महत्वपूर्ण विधेयक सदनमा दर्ता भएका छन् । सरकारले संविधान कार्यान्वनसँग सम्बन्धित विधेयकलाई सदनबाट निष्कर्षमा पुर्याउने गरी काम गरिरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend