विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले राजनीतिक निकासका लागि भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले जनताको माग मध्यावधि नभएको भन्दै राजनीतिक निकासका लागि सबै दललाई आह्वान गरे । उनले सबै दललाई राजनीतिक निकासतर्फ नसोच्ने हो भने मध्यावधिलाई नकार्न नसकिनेसमेत बताए।
उनले भने,’हामी सच्चिएर नजाने हो भने हाम्रा अगाडि देखिएको मध्यावधिलाई नकार्न सकिँदैन। मध्यावधिमा जान एमाले डराउँदैन पनि ।’
नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।
विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो । अब संविाधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ । यसअनुसार सरकार गठन हुन सकेन वा यस उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत पाएन भने प्रदेशसभा स्वतः विघटन हुनेछ र मध्यावधि निर्वाचन हुनेछ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend