logo

२०८३ असोज ७ बुधबार

कोशीमा सरकार गठनका लागि शुक्रबारसम्म दाबी पेश गर्न दलहरुलाई प्रदेश प्रमुखको आह्वान

कोशीमा सरकार गठनका लागि शुक्रबारसम्म दाबी पेश गर्न दलहरुलाई प्रदेश प्रमुखको आह्वान


हाम्रो राष्ट्र
  • शनिबार, २० असोज २०८०
  • 1.4K
    SHARES

    विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् । विश्वासको मत पाउने अवस्था नभएपछि शनिबार मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धार १६८ (५) अनुसार असोज २६ गते शुक्रबार साँझ पाँच बजेभित्र दलहरुलाई दाबी पेश गर्न आह्वान गरेका हुन् ।

    नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

    विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो । तर विश्वासको मत पाउने अवस्था नदेखिएपछि उनले राजनीनामा दिएका थिए । अब संविाधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।

    यसअनुसार सरकार गठन हुन सकेन वा यस उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत पाएन भने प्रदेशसभा स्वतः विघटन हुनेछ र मध्यावधि निर्वाचन हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend