अधिकारकर्मी नार्गेस मोहम्मदीले तेहरानको जेलमा रहेका आफ्ना सहकर्मी बन्दीहरूसँगै बसेर नोबेल शान्ति पुरस्कार पाएकोमा खुशी मनाएको उनको परिवारले जानकारी दिएको छ ।
“नार्गेसले फोनमा सहज पहुँच रहेको पुरुष युनिटबाट पठाएको सूचनाबाट शुक्रबार उहाँलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थाहा पाउनुभएको छ,” उजको परिवारले जानकारी गराएको छ । सोही दिन साँझ सरकारी टेलिभिजनले नर्गेसको अपमानजनक र चित्रसहित राति १०ः३० बजे समाचार प्रसारण गरेको थियो ।
“नार्जेस र तिनका सहपाठीहरू खुसीले गद्गद् भए र आफ्नो सेलमा यो विजयको उत्सव मनाए,” उनको पारिवारिक स्रोतले जनाएको छ ।
एकाउन्न वर्षीया पत्रकार तथा अधिकारकर्मी मोहम्मदीले महिलाका लागि हिजाब अनिवार्य लगाउने र मृत्युदण्डको व्यवस्थाविरुद्ध चलाएको अभियानका कारण विगत दुई दशकको अधिकांश समय जेलभित्र र बाहिर बिताएकी छन् ।
नोबेल शान्ति पुरस्कारको घोषणापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले मोहम्मदीको ‘अटुट साहस’को प्रशंसा गर्दै इरानलाई उनको रिहाईका लागि आह्वान गरेका थिए ।
नोबेल समितिका अध्यक्ष बेरिट रीस एन्डरसनले इरानमा महिलामाथि भइरहेको उत्पीडनविरुद्धको लडाइँ र सबैका लागि मानव अधिकार र स्वतन्त्रताको प्रबद्र्धनका लागि लडेको कारण मोहम्मदीलाई यो प्रतिष्ठित शान्ति पुरस्कार प्रदान गरिएको बताएका छन् ।
‘प्रजातन्त्र र मानव अधिकारका लागि उनको प्रयासका लागि’ सम्मानित इरानी मानव अधिकार वकिल शिरिन इबादीलाई प्रदान गरिएको पुरस्कारको २० औं वर्षगाँठको अवसरमा प्रदान गरिने शान्ति पुरस्कार प्राप्त गर्ने नी दोस्रो इरानी नागरिक हुन् । मोहम्मदी इबादीले स्थापना गरेको रक्षक मानव अधिकार केन्द्रको उपाध्यक्ष हुन् । संयुक्त रा
ष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस वर्षको शान्ति पुरस्कार ‘आफ्नो स्वतन्त्रता, स्वास्थ्य र आफ्नो ज्यानको जोखिम मोलेर आफ्नो अधिकारका लागि लडिरहेका सबै महिलाप्रति सम्मान’ भएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घले तेहरानलाई मोहम्मदी र जेलमा रहेका सबै मानव अधिकार रक्षकलाई रिहा गर्न आग्रह गरेको छ । इरानले नोबेल समितिले गरेको ‘पक्षपातपूर्ण र राजनीतिक’ कारणका लागि भन्दै शान्ति पुरस्कार घोषणाको विरोध गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भने, ’नोबेल शान्ति समितिले कानूनको बारम्बार उल्लङ्घन र आपराधिक क्रियाकलापमा दोषी ठहर भएका व्यक्तिलाई शान्ति पुरस्कार प्रदान गरेको छ ।”
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend