logo

२०८३ असोज ७ बुधबार

इजरायल र प्यालेस्टाइनलाई वार्ताबाट समस्याको समाधान गर्न राष्ट्रसङ्घ महासचिवको आग्रह

इजरायल र प्यालेस्टाइनलाई वार्ताबाट समस्याको समाधान गर्न राष्ट्रसङ्घ महासचिवको आग्रह


हाम्रो राष्ट्र
  • आइतबार, २१ असोज २०८०
  • 1.4K
    SHARES

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायलमाथि हमासले गरेको आक्रमणपछि द्वन्द्व बढ्न नदिन मध्यपूर्वमा कूटनीतिक प्रयास गर्न गरेका छन् । उनले द्वन्द्व थप चर्किनबाट रोक्नका लागि सबै कूटनीतिक प्रयासगर्न आग्रह आग्रह गरेका हुन्।

    दुई राष्ट्रको द्वन्द्व समाधान गरी शान्ति हासिल गर्न वार्ता नै उत्तम माध्यम भएको उनले बताएका छन् । प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो ।

    शनिबार हमास र इजरायली पक्षबाट भएका आक्रमणहरूमा दुबैतर्फ गरी तीन सय भन्दा बढीको मृत्यु भएको छ । हमासको आक्रमणको विश्वव्यापी आलोचना भएको छ भने इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend