logo

२०८३ असोज ७ बुधबार

एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत

एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत


हाम्रो राष्ट्र
  • आइतबार, २१ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् । चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी परेको थियो ।

    निर्वाचन समितिका संयोजक घनेन्द्र बस्नेतले अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत निर्वाचित भएको जानकारी दिएका छन् । उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला विश्वकर्मा सर्वसम्मत भएका हुन् ।

    अधिवेशनले पदाधिकारीसहित ७५ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ । अहिलेसम्म एमालेका ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेका छन् । सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट सुरू हुँदै छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend