logo

२०८३ साउन १३ बुधबार

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति


हाम्रो राष्ट्र
  • आइतबार, २१ असोज २०८०
  • 1.3K
    SHARES

    धनुषा । जनकपुरधामस्थित जनकपुर बिग एक मार्टमा गएराति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।

    जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए ।

    उनले आगलागीबाट १० करोडभन्दा बढीको क्षति पुगेको बताए । सञ्चालक रायले भने, “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियौं । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend