logo

२०८३ साउन १३ बुधबार

अफगानिस्थानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

अफगानिस्थानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो


हाम्रो राष्ट्र
  • आइतबार, २१ असोज २०८०
  • 1.5K
    SHARES

    अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ ।

    अफगानिस्थानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको सयुक्त राज्य भूगर्भ सर्भेक्षण केन्द्रले जनाएको छ । सर्वेक्षणका अनुसार हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पपछि ५.५,४.७ र ६.२ म्याग्निच्युडका तीनवटा ठूला पराकम्पन गएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend