logo

२०८३ असोज ७ बुधबार

शेयर बजार ३५ अङ्कले गिरावट

शेयर बजार ३५ अङ्कले गिरावट


हाम्रो राष्ट्र
  • आइतबार, २१ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ३५ दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव २४ विन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर मूल्य घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बीमा समूहको शेयर मूल्य दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज दुई सय ८९ वटा कम्पनीको ५८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ८० करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज हिमालय लघुवित्त वित्तीय संस्था र गरिमा डिभेन्चरको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटे पनि बाराही हाइड्रो र सिदार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम टु को शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend