logo

२०८३ साउन १४ बिहिबार

विद्यालय शिक्षा विधेयक विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

विद्यालय शिक्षा विधेयक विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत


हाम्रो राष्ट्र
  • आइतबार, २१ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । विद्यालय शिक्षा विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सांसदहरूले विधेयकमाथि सैद्धान्तिक छलफलमा उठाएका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आइतबार जवाफ दिएका थिए ।

    मन्त्री राईले विधेयक स्वीकृत गरेर दफावार छलफल गरी छिटो पारित गर्ने दिशातिर संसद जानुपर्ने बताएका थिए । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।

    प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार विधेयकमाथि ७२ घन्टाभित्र संशोधन दिन सकिनेछ । सभामुख घिमिरेले विधेयक शाखामा संशोधन पेश गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend