logo

२०८३ साउन १३ बुधबार

सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला

सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला


हाम्रो राष्ट्र
  • सोमबार, २२ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । दसैंका लागि आजदेखि सार्वजनिक सवारी साधनमा अग्रिम टिकट बुकिङ खुलेको छ । गत शुक्रबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार आजदेखि अग्रिम टिकट बुकिङ खुलेको हो ।

    गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आजदेखि अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको थियो ।

    छलफलमा यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका थिए । काठमाडौं उपत्यकाबाट दसैँको समयमा यसवर्ष १५ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend