logo

२०८३ साउन १४ बिहिबार

इजरायललाई चाहिने सबै सैन्य सहयोग दिने अमेरिकी विदेशमन्त्रीको भनाई

इजरायललाई चाहिने सबै सैन्य सहयोग दिने अमेरिकी विदेशमन्त्रीको भनाई


हाम्रो राष्ट्र
  • सोमबार, २२ असोज २०८०
  • 1.5K
    SHARES

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले हमासको आक्रमणपछि अमेरिकाले इजरायलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको बताएका छन् ।

    अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो । इजरायलले गरेको विशेष अतिरिक्त आग्रहलाई आफूहरुले हेरिरहेको बताएका छन् ।

    हमासबाट भएको इजरायलमाथि आक्रमणहरूको सामना गर्न यो क्षणमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउने उनले बताए । दशकौँमा भएको पछिल्लो सङ्घर्षमा इजरायली पक्षमा ६ सयभन्दा बढीको मृत्यु भएको सरकारी प्रेस कार्यालयले जनाएको छ ।

    त्यस्तै कम्तीमा गाजामा कम्तीमा तीन सय ७० मारिएको गाजा अधिकारीहरूले जनाएका छन् । सङ्घर्षमा दुवै पक्षका गरी हजारौँ घाइते भएका छन् ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend