सिरहा । परशुराम – शकुन्तला स्मृति सेवा प्रतिष्ठानको एघारौं स्मृति दिवस तथा सम्मान पुरस्कार र स्मृति ग्रन्थ” स्मृतिका सस्कारणहरु ” बिमोचन कार्यक्रम परशुराम बा को कर्मस्थल सिरहाको बन्दिपुर बाबातालमा सम्पन्न भएको छ।
सो कार्यक्रममा मधेस प्रदेशका गृहमन्त्री शत्रुघन महतो,सघीय सान्सद डा वीरेन्द्रप्रसाद महतो लगायत प्रदेशका सान्सदहरु , केन्द्रका पूर्व मन्त्री अजयशङ्कर नायक कर्जन्हा नगर पालिकाका मेयरभोला पोखरेल, सिरहा समाजका अध्यक्ष बिस्णु साह , सो क्षेत्र जनप्रतिनिधि सहित विभिन्न माहानुभावहरुको उपस्थिति रहेको थियो ।

मरणोपरान्त विद्वान बिचारक प्रदीप गिरीलाई बिशिस्ट सेवा सम्मान,डा बीरेन्द्र महतो लाई स्वागत सम्मान र विद्यार्थी राहुल साहलाई नगदसहित प्रतिभा प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो भने पूर्व मन्त्री अजय शङ्कर नायक र गृहमन्त्री शत्रुघन महतो लाई स्वागत उपहार प्रदान गरिएको थियो , जेष्ठ नागरिकहरुलाइ पनि सो अवसरमा सम्मान प्रदान गरिएको थियो ।सो अवसरमा सबै बक्ताहरुले समाजसेवी परशुराम बा को योगदान र प्रदीप गिरीको बिद्वता माथी चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको उदघोसन प्रियन्का काफ्ले ले गरेकी थिइन भने स्वागत मन्तव्य काशी राज दाहालले गरेको सो सभाको सभापतित्व डा रामप्रसाद दाहालले गरेका थिए ।कार्यक्रम को ब्यबस्थापन केशव दाहाल , भूषन दाहाल , बाबुराम दाहाल, भोला दाहाल र शिवदाहाल लगायत बन्दिपुर बासी उत्साही युवाहरूले गरेका थिए , पाहुनाहरुलाई स्वागत स्वरुप माला खादा कोपिला घिमिरे र छितिज दाहालले लगाइ दिएका थिए । २५० को सहभागी ता रहेको सो कार्यक्रममा दाहाल प्रतिष्ठानका परिवार सहित बन्दिपुरबासी , नेतागण गन्यमान्य सहित न्यूरोसर्जन डा आलोक दाहाल र पूर्व प्रशाशकहरु बासु कोइराला र श्याम दाहाल निर्माण ब्यबसायिक छबिलाल मण्डल सहितको उपस्थिति रहेकोे थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend