logo

२०८३ साउन १४ बिहिबार

इजरायलमा मारिएकाहरुको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन

इजरायलमा मारिएकाहरुको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन


हाम्रो राष्ट्र
  • सोमबार, २२ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । गत शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ ।

    लुम्बिनी विश्व शान्ति मञ्च र अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले सोमबार साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।

    दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति  श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend