logo

२०८३ असोज ७ बुधबार

सामन्ती वर्गको शोषण अन्त्य भएपनि पूँजीपति वर्गले गरिव वर्गलाई शोषण गर्न छाडेनः खनाल

सामन्ती वर्गको शोषण अन्त्य भएपनि पूँजीपति वर्गले गरिव वर्गलाई शोषण गर्न छाडेनः खनाल


हाम्रो राष्ट्र
  • मंगलबार, २३ असोज २०८०
  • 1.5K
    SHARES

    दाङ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गरेका छन् ।

    एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत मंगलबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले अघि सारेका नीति र कार्यक्रमका बारेमा जनताले बुझ्दै गएकाले पार्टीमा जनताको भरोसा बढ्दै गएको दाबी गरे ।

    जनताका कुरा सुन्न र उनीहरुको भरोसालाई अझ बलियो बनाउन कोशे ढुङ्गा सावित हुने पनि उनको विश्वास थियो । “अभियानले जनताका कुरा सुन्ने र पार्टीलाई जनतासँग जोड्न भूमिका खेल्नेछ”, उनले भने ।

    अध्यक्ष नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशाका बारेमा जनतालाई बुझाउँदै समाजवादी पार्टी निर्माणको अभियानमा जोडिन सबैलाई आग्रहसमेत गरे । अब नेपालमा समाजवादी कम्युनिष्ट भन्दा अरुको विकल्प नभएको भन्दै पार्टीलाई जिल्ला–जिल्ला, नगर–गाउँ–गाउँसम्म पुर्याउने अभियानको लक्ष्य रहेको बताए ।

    यसैगरी, उनले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्न मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको पनि बताए । सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले जनतासँग नजोडिएर देशको विकास गर्न नसकिने बताए ।

    कार्यक्रममा नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको विकासका लागि कृषि क्षेत्रको विकास हुन आवश्यक रहेको बताए । कृषि क्षेत्रको विकास बिना देशको विकास सम्भव नहुने र युवा जनशक्ति विदेशीने क्रम नरोकिने बताए । उनले देशमा कृषि क्रान्ति गर्न र युवालाई देश रोक्ने वातावरण निर्माण गर्न किसानलाई सहकारीका माध्यमबाट संगठित गर्दै कृषिको विकासमा लगाउन आवश्यक रहेको बताए ।

    राज्यले किसानलाई मल, बीउ, प्राविधिक जनशक्तिसँगै उत्पादन भएको अन्य तथा तरकारी स्टोरका लागि कोल्डस्टोर देशका ठाउँ–ठाउँमा निर्माण गरेर सहयोग गर्न आवश्यक रहेको बताए । खनालले संविधानले नेपाली जनतालाई हक दिए पनि अझै धेरै विभेद कायम रहेको भन्दै हिजोको सामन्ती वर्गको शोषण अन्त्य भए पनि अहिले पूँजीपति वर्गले गरिव वर्गलाई शोषण गरिरहेको बताए ।

    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्न नसक्दासम्म देशको आर्थिक समृति नहुने बताए । देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको भन्दै महासचिव भुसालले किसानले उत्पादन गरेको हरेक वस्तुको बिक्रीको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताए ।

    कृषिको विकास गर्न सके आगामी पाँच वर्षमा कम्तीमा पनि जनताले परिवर्तनको अनुभूति गर्न सक्ने दाबी गर्दै महासचिव भुसालले देशमा कृषिको राम्रो सम्भावना रहेको हुँदा यसमा राज्यले विशेष नजर पुग्नु जरुरी रहेको औँल्याए ।

    समाजवादी पार्टीका उपमहासचिव एवं भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले एकीकृत समाजवादी पार्टीबाट जनताले ठूलो आशा गरेको र सोहीअनुसार काममा खटिएको बताए ।

    देशको विकाससँगै सुशासन कायम र भ्रष्टाचार अन्त्यलगायत कुरामा समाजवादी प्रतिबद्ध रहेको तथा देश र जनताको हितविपरित कुनै पनि गतिविधि नगर्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पार्टी सचेतक मेटमणि चौधरीले देश र जनतालाई प्राथमिकतामा राखेर विकास र निर्माणको काम गर्ने सच्चा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मात्रै भएको दाबी गरे । एकीकृत समाजवादी पार्टीकै कारण अहिले सरकारले सफलता प्राप्त गर्नेदेखि सुशासन कायम, भष्टाचारको अन्त्यलगायत सकारात्मक कामहरु गरिरहेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend