logo

२०८३ साउन १३ बुधबार

इजरायली हवाई आक्रमणमा हमासका अर्थमन्त्रीको मृत्यु

इजरायली हवाई आक्रमणमा हमासका अर्थमन्त्रीको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, २४ असोज २०८०
  • 1.3K
    SHARES

    प्यालेस्टाइनी हमासका दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको छ । जकारिया अबु मुअम्मर र जवाद अबु शमाला प्यालेस्टाइनको दक्षिणी क्षेत्रमा खान युनिसमा गरिएको हवाई आक्रमणमा मारिएका छन् ।

    इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले विज्ञप्ति जारी गरी इजरायली विमानको आक्रमणबाट हमासका अर्थमन्त्री अबु शामालाको पनि मृत्यु भएको बताएका छन् ।

    शमालाले हमासको वित्तीय मामिला हेर्दै आएका थिए भने गाजाभित्र र बाहिर वित्त तथा प्रत्यक्ष कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गर्थेे । इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र ‘हमासको वरिष्ठ योजनाकार’ र गाजामा सशस्त्र समूहहरूको बीचमा समन्वयको भूमिका खेल्ने हमासको उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ ।

    यसैबीच प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७८८ पुगेको छ भने घाइते हुनेको सङ्ख्या चार हजार एकसय पुगेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend