logo

२०८३ साउन १३ बुधबार

बन्धकको हत्या गर्ने हमासको धम्कीलाई गम्भीरतापूर्वक लिएको राष्ट्रपति बाइडेनको भनाइ

बन्धकको हत्या गर्ने हमासको धम्कीलाई गम्भीरतापूर्वक लिएको राष्ट्रपति बाइडेनको भनाइ


हाम्रो राष्ट्र
  • बुधबार, २४ असोज २०८०
  • 1.6K
    SHARES

    अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासका बन्धकहरूलाई मृत्युदण्ड दिने धम्कीलाई गम्भीरतापूर्वक लिएको बताएको छ ।

    हमासले इजरायलले गाजामा बिना कुनै चेतावनी नागरिकमाथि आक्रमण गरी बन्धक बनाइएकाहरुको हत्या गर्ने चेतावनी दिएपछि ह्वाइट हाउसले स्थितिलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन् ।

    किर्बीले यस्तो धम्कीलाई तपाईं हल्का रूपमा लिन नसकिने बताए । बाइडेनले इजरायल–गाजा द्वन्द्वमा इजरायलको समर्थन गरेपनि आइतबारदेखि सार्वजनिक रूपमा केही बोलेका छैनन् । सम्भावित बन्धक सङ्कट र क्षेत्रीय युद्धको खतराप्रति ध्यान दिँदै उनले युद्धबारे तत्काल कुनै प्रतिक्रिया नदिएको अनुमान गरिएको छ ।

    प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमाथि शनिबार गरेको आक्रमणमा अपहरण गरी गाजा पु¥याइएकामध्ये अमेरिकी पनि रहेको र कम्तीमा ११ जना अमेरिकी नागरिकको मृत्यु भएको राष्ट्रपति बाइडेनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend