logo

२०८३ साउन १५ शुक्रबार

सरकार हामीलाई पनि हाम्रा १० जना साथीको जस्तै हालत देख्न चाहेको हो ?

सरकार हामीलाई पनि हाम्रा १० जना साथीको जस्तै हालत देख्न चाहेको हो ?


हाम्रो राष्ट्र
  • बुधबार, २४ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । गाजाको सीमा क्षेत्रबाट उद्धार गरी इजिप्टको सिमाना नजिकै राखिएका नेपाली विद्यार्थीले तत्काल नेपाल फर्काइदिन अनुरोध गरेका छन् ।

    सामाजिक संजालमार्फत उनीहरुले नेपाल सरकारले आफूहरुको उद्धारका लागि कुनै पहल  नगरेको गुनासो गरेका हुन् । उनीहरुले प्रश्न गरेका छन्, ‘हामी अब ? निशब्द, निमुखा, निर्मम कहिलेसम्म ? उत्तर एउटै– हामी गर्दैछौं, हँदैछ, भैराछ ? हामी नागरिक पनि हो कि होइन ?’

    उनीहरुले आफूहरुसँगै आएको थाइल्याण्ड र कम्बोडियाका विद्यार्थीलाई उनीहरुको देशले जहाज पठाएर फिर्ता लगेको भन्दै तत्काल आफूहरुको पनि उद्दार गर्न आग्रह गरेका छन् ।

    उनीहरुले सरकारलाई प्रश्न गरेका छन्, ‘नेपालले हामी मरेकै चाहेने हो कि ? सरकार छ ? साच्ची छ ? हामीले गरेछ्म भनेर देखाउन लागि छ कि ? मिडिया बाजीको लागि छ ? हाम्रो डर ? बुझ्छ कसैले ? छातीमा हात राखेर भन्देउ, बुझ्छौ ? सरकार भनिदेउ न, हात जोड्छौं ! हामी नेपाल पनि फर्किन्छम् कि, आसमा यतै बिलिन हुन्छौं ?’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend