logo

२०८३ साउन १३ बुधबार

झापाको भद्रपुरमा हात्ती मृत फेला

झापाको भद्रपुरमा हात्ती मृत फेला


हाम्रो राष्ट्र
  • बुधबार, २४ असोज २०८०
  • 1.2K
    SHARES

    झापा । झापाको भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा बुधबार बिहान बयस्क हात्ती मृत फेला परेको छ ।

    डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेकोे जानकारी दिइन् ।

    उनका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उहाँले बताउनुभयो । सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उनको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend