logo

२०८३ साउन १३ बुधबार

चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फिर्ता

चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फिर्ता


हाम्रो राष्ट्र
  • बुधबार, २४ असोज २०८०
  • 1.6K
    SHARES

     

    जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बताएका छन् ।

    उनकाअनुसार पत्रकार चेङ लिसँग आफ्ना दुई सन्तानसँग मेलबोर्नमा पुनरमिलन भएको छ । ४८ वर्षीया चेङ चीनको सरकारी प्रसारक सीसीटिभीको अन्तर्राष्ट्रिय विभागमा काम गर्थिन् ।

    “उहाँको मुद्दा चीनमा कानूनी प्रक्रियाबाट टुङ्गिएको थियो”, प्रधानमन्त्री अल्बानिजले पत्रकारहरूसँग भने । पत्रकार चेङको फिर्ती अल्बानिजको यो वर्ष नियोजित बेइजिङ भ्रमणअघि भएको छ । यद्यपि प्रधानमन्त्री अल्बानिजको बेइजिङ भ्रमणको मिति टुङ्गो लागिसकेको छैन ।

    अल्बानिजको सरकारले सन् चेङ र सन् २०१९ देखि चीनमा थुनिएका चिनियाँ मूलका अस्ट्रेलियाली नागरिक याङ हेङ्जनको रिहाइका लागि लबिङ गरिरहेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend