नयाँ सामाजिक, आर्थिक र स्वास्थ्य चुनौतीहरूको चेतावनी दिँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०२४ सम्ममा युरोपमा ६५ वर्षमाथि उमेर समूहको जनसङ्ख्या १५ वर्षमुनि उमेर समूहभन्दा बढी हुने बताएको छ ।
युरोप विश्वव्यापी परिवर्तनको तुलनामा दशकौँ अगाडि छ । आवर वर्ल्ड इन डाटा इन्स्टिच्युटको अनुमानअनुसार युरोप ६० वर्षपछि सन् २०६४ को हाराहारीमा रहेको अपेक्षा गरिएको छ ।
“सन् २०२४ सम्ममा डब्लुएचओ युरोपेली क्षेत्रमा ६५ वर्षभन्दा बढी उमेर भएको व्यक्तिको जनसङ्ख्या १५ वर्षभन्दा कम भएको व्यक्तिको जनसङ्ख्याभन्दा बढी हुने अनुमान गरिएको छ”, डब्लुएचओलेविज्ञप्तिमा भनेको छ, “यो प्रवृत्तिको अर्थ नयाँ सामाजिक, आर्थिक र स्वास्थ्य चुनौतीहरू हुन् जसले बुढ्यौली उमेरको जनसङ्ख्याको प्रभावलाई कम गर्न स्वस्थ उमेरमा ध्यान केन्द्रीत गर्न माग गर्दछ ।”
डब्लुएचओ युरोपेली क्षेत्रले मध्य एसियाका थुप्रै मुलुकसहित ५३ मुलकलाई समेट्छ । युरोपभर लामो जीवनको अपेक्षा घट्दो स्वास्थ्यको पर्यायवाची हो ।
बुढ्यौली जनसङ्ख्याको प्रभावलाई कम गर्न डब्लुएचओले वृद्धहरूलाई उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य, स्वतन्त्रता, सामाजिक कल्याण र गुणस्तरीय जीवनको संरक्षण र सुधारमा सक्षम बनाउने उपायका लागि आह्वान गरेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend