logo

२०८३ साउन १३ बुधबार

दुई महिनामा महानगरले उठायो एक अर्ब १७ करोड राजश्व

दुई महिनामा महानगरले उठायो एक अर्ब १७ करोड राजश्व


हाम्रो राष्ट्र
  • बिहिबार, २५ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ राजस्व असुल गरेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आर्थिक वर्षका लागि महानगरले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको महानगरको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

    गत आर्थिक वर्षको सोही अवधिलाई तुलना गर्दा चालु आर्थिक वर्षको साउन र भदौमा २४ करोड भन्दाबढी राजस्व असुल भएको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए ।

    त्यसैगरी सम्पत्ति करबाट २५ करोड असुल भएको छ । पछिल्लो समय महानगरमा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको प्रमुख काफ्लेको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend