logo

२०८३ साउन १४ बिहिबार

इजरायलबाट फर्किइन् साम्बा

इजरायलबाट फर्किइन् साम्बा


हाम्रो राष्ट्र
  • बिहिबार, २५ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन् । व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी उनी हमासले इजरायलमा आक्रमण गरेपछि स्वदेश फर्किएकी हुन् ।

    उनी बुधबार राति नेपाल आइपुगेकी हुन् । मंगलबार रातिको उडानमा इजरायलबाट उडेकी साम्बा थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेकी हुन् र साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आवद्ध छिन् ।

    युइएफएले इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै २ साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गरिएको जनाएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार बिहान आक्रमण गरेपछि इजरायल अहिले द्वन्द्वमा छ। हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend