logo

२०८३ साउन १३ बुधबार

जर्मनीको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण

जर्मनीको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण


हाम्रो राष्ट्र
  • बिहिबार, २५ असोज २०८०
  • 1.2K
    SHARES

    जर्मनी सरकारले उच्च मुद्रास्फीति, उच्च ऊर्जा मूल्य र विनिर्माण मन्दीसँग जुधिरहेका बेला यूरोपको शीर्ष अर्थतन्त्र यस वर्ष खुम्चिने अनुमान गर्दै आफ्नो आर्थिक वृद्धिदरको पूर्वानुमानमा कटौती गरेको छ ।

    अर्थतन्त्र मन्त्रालयले आफ्नो पछिल्लो प्रक्षेपणमा उत्पादन शून्य दशमलव ४ प्रतिशतले खुम्चिने जनाएको छ । बर्लिनले अप्रिलमा सन् २०२३ मा शून्य दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो भने यसबाट पनि थप शून्य दशमलव ४ प्रतिशतको गिरावट आउने बताइएको छ ।

    गत वर्ष रूसले युक्रेनमा गरेको आक्रमणले मुद्रास्फिति र विशेषगरी ऊर्जाको लागत बढेपछि जर्मनीको अर्थतन्त्रले गम्भीर सङ्कटको सामना गर्नुपरेको छ ।

    ऊर्जाको अभाव झेलेको उत्पादन क्षेत्रमा आएको मन्दी, प्रमुख व्यापारिक साझेदार चीनको कमजोरी र उपभोक्ताको मूल्यमा आएको उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले युरो क्षेत्रमा आक्रामक ब्याजदर वृद्धिका कारण यो सङ्कट झनै जटिल बनेको छ । सरकारको यो भविष्यवाणी हालैका अन्य निराशाजनक अनुमानसँग मिल्दोजुल्दो छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend