logo

२०८३ असोज ७ बुधबार

रावल पक्षलाई दुई उपसचिव दिएपछि एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा जैशी सर्वसम्मत

रावल पक्षलाई दुई उपसचिव दिएपछि एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा जैशी सर्वसम्मत


हाम्रो राष्ट्र
  • बिहिबार, २५ असोज २०८०
  • 1.7K
    SHARES

    सुदूरपश्चिम । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत भएका छन् । पूर्वउपाध्यक्ष भीम रावल पक्षलाई २ उपसचिव दिएपछि नेतृत्वमा सहमति जुटेको हो । .

    बाजुराका कालीबहादुर शाही उपाध्यक्ष, कैलालीका रणबहादुर चन्द सचिव, रावल पक्षका नरबहादुर विक उपसचिव र महिला उपसचिव भागिरथी विष्ट भएका छन् ।

    अध्यक्ष केपी ओलीनिकट नेताहरूबिचै बुधबार नयाँ नेतृत्वका लागि भागवण्डा भएको थियो । कर्णबहादुर थापा पक्षलाई अध्यक्ष र दामोदर भण्डारी तथा लालबहादुर थापा पक्षलाई उपाध्यक्ष सचिव दिने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend