logo

२०८३ साउन १३ बुधबार

कोशीको मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट माओवादी र कांग्रेसको दाबी पेश

कोशीको मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट माओवादी र कांग्रेसको दाबी पेश


हाम्रो राष्ट्र
  • बिहिबार, २५ असोज २०८०
  • 1.2K
    SHARES

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट दुई जनाले दाबी पेश गरेका छन् । बिहीबार अपरान्ह माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् ।

    आङ्बोले मुख्यमन्त्री पर्शुराम खापुङसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् । त्यस्तै नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य केदार कार्कीले पनि प्रदेश प्रमुख खापुङसमक्ष मुख्यमन्त्री दाबी गरेका छन् । कार्कीले नेकपा एमालेका ३९ र उनकै दलको ८ जनाको सांसदको समर्थन लिएर मुख्यमन्त्री दाबी पेस गरेका हुन् ।

    कोशीमा कोइराला पक्षका १० सांसद भएपनि तीनजनाले भने कार्कीको पक्षमा हस्ताक्षर गरेका छैनन् । आजै काठमाडौंमा बसेको सत्तारुढ गठबन्धनको बैठकले माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । तर, त्यसप्रति असन्तुष्ट कार्कीले एमालेको समर्थन लिएर मुख्यमन्त्री दाबी गरेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend