logo

२०८३ असोज ७ बुधबार

कोशीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत शनिबार

कोशीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत शनिबार


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ असोज २०८०
  • 1.3K
    SHARES

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति अघि समर्थन गर्ने प्रदेश सांसदहरूको सनाखत गरिने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिअघि दाबी पेस गरेका उम्मेदवारहरूलाई समर्थन गर्ने सांसदहरूको सनाखत गराउने भएका हुन् । सांसदहरूको सनाखत शनिबार (भोलि) बिहान ८ बजेदेखि २ बजेसम्म गरिने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

    प्रदेशसभा सदस्यहरूलाई सनाखतका लागि आउँदा परिचय खुल्ने परिचयपत्र साथमा लिएर आउन प्रदेश प्रमुखको कार्यालयले आग्रह गरेको छ ।

    कोशीको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र कांग्रेस सांसद केदार कार्कीले दाबी पेस गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेस गरेका आङ्बोलाई सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend