logo

२०८३ साउन १३ बुधबार

गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष नेपाल

गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष नेपाल


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ असोज २०८०
  • 1K
    SHARES

    लम्की । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

    समाजवादी जागरण अभियानअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभामा अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

    उनले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताए । अध्यक्ष नेपालले भने, “देशमा केही शक्तिहरू पुनः राजतन्त्रको पक्षमा देखिएका छन्, त्यस्ता प्रयत्नलाई हामीले असफल पार्नुपर्छ ।”

    उनले नेपाली जनताको बीचमा लामो समयदेखि रहेको प्रेम, आपसी सद्भाव बिगार्न प्रतिगामी तत्व लागिरहेको समेत आरोप लगाए । “संविधान जारी भएको आठ वर्षमात्रै भयो । केही कमी–कमजोरी छन्, यसको अर्थ संविधान गलत छ भन्ने होइन”, अध्यक्ष नेपालले भने, “संविधान, गणतन्त्र, सङ्घीयतामाथि आक्रमण भइरहेको छ, यस्ता कुरामा सरकार सचेत रहोस्”, संसारको कुनै पनि व्यवस्था आफैँमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिस्कारको क्रम निरन्तर रहने उनको भनाइ छ ।

    धरान, सर्लाही, नेपालगञ्जलगायतका ठाउँमा भइरहेका साम्प्रदायिक घटनाले देशको सामाजिक सद्भावलाई भड्काउने कोसिस भइरहेको बताउँदै त्यसतर्फ प्रधानमन्त्री गम्भीर हुनुपर्नेमा जोड दिए । अहिले नागरिकमा समेत नैराश्यता, बेरोजगार, महँगी बढिरहेको बताउँदै देशमा दलालीकरण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए । जागरण अभियानबाट पार्टीलाई गतिशील बनाउने काम भइरहेको बताउँदै अध्यक्ष नेपालले २०८४ को चुनावमा पार्टी एक्लै चुनाव लड्नेसमेत बताए ।

    पार्टीका महासचिव घनश्याम भुसालले केही राजनीतिक दलका नेताहरूको अकर्मण्यताका कारण देशको अवस्था दिनप्रतिदिन भयावह हुँदै गएको बताए । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगनाथ खतिवडाले पूर्व मेचीदेखि आज सुदूरपश्चिमको महेन्द्रनगरसम्म पुग्दा अभियान उत्साहपूर्वकरूपमा भएको बताए । सो अवसरमा सुदुरपश्चिम प्रदेशका उपाध्ययक्ष तथा केन्द्रीय सदस्य शेरबहादुर कुँवरले देशलाई समाजवादतर्फ उन्मुख बनाउन आजको आवश्यकता भएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend