logo

२०८३ साउन १३ बुधबार

मणिपालमा चिकित्सकमाथि आक्रमण गर्ने दुई जना जेल चलान

मणिपालमा चिकित्सकमाथि आक्रमण गर्ने दुई जना जेल चलान


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने २ जनालाई जेल चलान गरिएको छ । गत असोज ८ गते अस्पतालमा चिकित्सकमाथि आक्रमण तथा तोडफोड गरेको आरोपमा विभिन्र मितिमा पक्राउ परेका कास्की जिल्ला अदालतले विभिन्न मितिमा पक्राउ परेका ९ जनामध्ये २ जनालाई जेल चलान गरेको छ भने बाँकी ७ जना धरौटीमा रिहा गरेको छ ।

    न्यायाधीश ध्रुवकुमार पियाको इजलासले विनय गुरुङ र छावा भनिने सुशील कार्की पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनास गुरूङ,अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ, मनिष थापा र प्रदीप गुरुङलाई जनही १ लाख धरौटीमा रिहा गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend